२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

ह्याम्समा अस्पतालले काेभिडका विरामीबाट रातकाे ५० हजार असुली, स्वास्थ्य मन्त्रालय नै हाम्रै हाे भन्दै लुटधन्दा !

काठमाडौं । ‘सरकारी अस्पताल जानुस्, ज्यान घर आउँदैन, नीजि अस्पताल जानुस् आउँदा घर रहँदैन ।’ केहीदिनदेखि नयाँ भेरियन्टसहितको कोरोना पीडितहरुले सामाजिक सञ्जालयमा यस्तै पीडा ब्यापक राख्न थालेका छन् ।

त्यसको मुख्य कारक नीजि अस्पतालहरुले चर्को उपचार खर्च लिएरै हो ।स्वास्थ्य मन्त्रालय, विभाग कानमा तेल हालेर बसेका कारण काठमाडौंका ह्याम्स, केएमसीसहित अस्पतालहरुले कोरोना पीडितलाई उपचारका नाममा घरको न घाटको बनाउँदै आएका छन् ।

धुम्बराहीस्थित ह्याम्स अस्पतालले एउटा रुमको एकै रातको ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । उक्त अस्पतालले ७ हजारदेखि ५० हजारसम्म एकै रुमको लिएको र त्यसरी लिएवापत कतै उजुरबाजुर नगर्ने भन्ने कागज समेत गराउने गरेको पाइएको छ ।
त्यहाँ उपचार गर्ने विरामीलाई प्रशासनले सिंगो मन्त्रालय हाम्रो हातमा छ, तपाईहरु जहीँसुकै गएर उजुरबाजुर गर्नुस् भनी धम्की दिने गरेको पीडितहरुले सुनाएका छन् ।

‘किन यति धेरै पैसा रु भनी प्रश्न गर्दा विरामीको उपचार ठूलो कुरा हो । धेरै कुरा नगर्नुस् । मन्त्रालयका मन्त्रीदेखि सचिव सबै हाम्रै हातमा हुन् भन्दै तर्साइयो,’ एक पीडितले खुलानेपाललाई सुनाए ।

ह्याम्स अस्पतालले जनरल बेडको लागि प्रतिबेड प्रतिदिन ७ हजार रुपैयाँ, ट्विन शेयरिङ्ग रुमको लागि १५ हजार, प्राइभेट रुमको लागि २१ हजार, डिलक्स रुमको लागि २७ हजार र स्विट रुमको लागि एक दिनको ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै गरी आइसियु बेडको चार्ज २२ हजार तोकिएको छ ।

यो बेडको मात्र मूल्य हो । अन्य औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट भन्दै अन्य शीर्षकमा लाखौं असुल्ने गरिएको छ ।
विगतमा यो अस्पतालको व्यवस्थापनले नै स्वास्थ्य मन्त्रालयसँग मिलेर कोरोना सम्बन्धित स्वास्थ्य सामग्री विदेशबाट ल्याउने जिम्मा पाएको थियो । त्यसमा करोडौं घोटाला भएको भन्दै आलोचना भएको थियो ।

सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला मानवीय संवेदना गुमाई अस्पतालहरुले लुटधन्दा चलाएको तर सरकार मौन बसेको भन्दै जनता आक्रोशित बनेका छन् ।

ह्याम्ससँगै सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा रहेको केएमसी ९काठमाडौँ मेडिकल कलेज०, समेतले लाखौं लुटेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial