२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

हेटौडामा कोरोनाबाट संक्रमणबाट थप एक महिलाको मृत्यु

हेटौडामा कोरोनाबाट संक्रमणबाट थप एक महिलाको मृत्यु

मकवानपुर । हेटौँडामा मंगलबार बिहान कोभिड–१९ सङ्क्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिला हुन । ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो ।

मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो । स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युपश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताए ।

योसँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा ४ जनाको मृत्यु भइसकेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial