२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।

हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेसँगै सङ्क्रमण बढ्न नदिन उक्त निर्णय लिइएको हो । उहाँका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम

हेटौँडामा प्रहरीले कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रहरी कार्यालयले सङ्क्रमणको जोखिमलाई मध्यजनर गर्दै सडकमा सर्वसाधारणलाई सचेत गराउने कार्यक्रम गर्दै आएको हो ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नै हेटौँडाका विभिन्न सडकमा नागरिकलाई भैतिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न चोकचोकमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । बढ्दै गएको सङ्क्रमणबाट बच्न र बचाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका प्रहरीले चोक–चोकमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, अतिआवश्यक काम परेमा मात्र घर बाहिर निस्कन सचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन् ।

यस्तै खेलकूद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न, वृद्ध नागरिक र दीर्घरोग भएका व्यक्तिले विशेष सावधानी अपनाउन, अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा पच्चीस जनाभन्दा बढी सहभागी नहुन, ब्युटिपार्लर तथा सैलुनले पिपिई, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न र एक पटकमा एकजनालाई मात्र सेवा प्रदान गर्न पर्चा वितरण तथा सचेतना अभिवृद्धि गर्न माइकिङसमेत गरिएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएका कारण नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउन तथा कोरोनाविरुद्ध सचेत बनाउन मास्क वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताउनुभयो । स्वास्थ मापदण्ड पालना गर्नु र गराउनु नागरिकको प्रमुख दायित्व रहेको बताउँदै मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले नागरिक स्वयं आफ्नो स्वास्थप्रति जिम्मेवार बन्नुपर्ने बताए ।

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा

चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ अन्य सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट रु तीन करोड ७० लाख ८४ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । “यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्कलन भएको हो”, उनले भने , “ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेका छौँ ।”

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारी साधन कारवाहीमा पर्दा रु तीन करोड ३१ लाख ९९ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आव नौ महिनामा नै आठ हजार १५२ बढी सवारी साधन कारवाहीमा परेका छन् भने रु ३८ लाख ८५ हजार राजस्व बढी सङ्कलन भएको देखिन्छ । सवारी साधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारवाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ । उनले भने यो, “सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ । सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ ।”

यस वर्षको नौ महिनामा ४८१ सवारी दुर्घटना हुँदा ६७४ सवारी साधनमा क्षति भएको छ भने १४७ को ज्यान गएको छ । यस अवधिमा ५११ गम्भीर र ४४७ जना सामान्य घाइते भएका छन् । ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको नौ महिनामा २३२ सवारी दुर्घटना हुँदा ३०७ सवारी साधनमा क्षति भएको थियो भने ११६ को ज्यान गएको थियो । अघिल्लो आवको नौ महिनाको तथ्याङ्क हेर्दा यस चालू आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ ।

बस चालक रुपेश चौधरी कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सबै सचेत बन्नुपर्ने, सर्वसाधारणले पनि ट्राफिक नियम पालना गर्नुपर्ने बताउँछन् । “अधिकांश सवारी दुर्घटना चालकको होइन नागरिकको लापर्वाहीले समेत भएका हुन्छन् । दुर्घटना भएमा ठूलो सवारीले क्षति ब्योहोर्नुपर्ने बाध्यता छ”, सवारी चालक चौधरी भन्नुहुन्छ, “कतिपय साथीहरु अरुको गल्तीले पनि कारवाही भोग्न बाध्य छन् । त्यसैले दुर्घटनाबारे ज्ञान सबैलाई दिन आवश्यक छ ।”

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial