२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

साउदीमा कडा नियमः कोरोना फैलाउनेलाई पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला

काठमाडौं । विश्वमा अहिले कोरोनाको दोस्रो लहर चलीरहेको छ । यसको चपेटोमा मुलुकका अधिकांश देश परेका छन् । उता कोरोना संक्रमण बढेसंगै साउदी अरबले संक्रमण रोक्न थप कदम चालेको छ ।

साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ ।साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।

साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको सार्वजनिक अभियोजनलाई उद्धृत गर्दै त्यहाँबाट प्रकाशन हुने साउदी ग्याजेट पत्रिकाले जनाएको छ ।

कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने समेत जनाइएको छ । साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ ।

यसैबीच ठूलो सङ्ख्या नेपाली कामदार रहेको साउदीमा अहिलेसम्म संक्रमणबाट ८९ जना नेपालीले ज्यान गुमाईसकेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial