२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

भारतमा कोरोना संकट: अमेरिका र फ्रान्सलगायतका देशद्वारा सहयोगको घोषणा

काठमाडौँ । भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

यसैबीच भारतमा कोरोनाको दोस्रो लहरले अवस्था भयावह बनाएपछि अमेरिका र फ्रान्सले सहयोगको गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना संकटको बेला भारतलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

अमेरिकाले पहिला अमेरिका भन्ने नीति अन्तर्गत भारतमा बनिरहेको कोभिशिल्ड खोपको कच्चा पदार्थ दिन अस्विकार गरेको यस अघिको निर्णय उल्टाउदै भारतलाई सो कच्चा पदार्थ उपलब्ध गराउने भएको छ ।

दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको वार्तापछि अमेरिका सो कच्चा पदार्थ उपलब्ध गराउन सहमत भएको हो ।

साथै अमेरिकाले र्यापिड टेस्ट किट, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री सहयोग गर्ने भएको ह्वाइट हाउसकी प्रवक्ता एमिली हार्नले जानकारी दिएकी छन् । अमेरिकाले कोरोना नियन्त्रणको प्रायसको लागि अमेरिकी विशेषज्ञको टिम पनि भारत पठाउने उनले बताएकी छन् ।

यसअघि बाइडेन राष्ट्रपति हुनासाथ खोप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा रोक लगाउदै खोपको उत्पादन क्षमता अनुसार हुन सकेको थिएन ।

त्यस्तै फ्रान्सले पनि भारतको कोरोना संकटमा सहयोग गर्ने बताएको छ । राष्ट्रपति इम्यान्युल म्याक्रोनले भारतलाई अक्सिजनसहित अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने तयारी गरिरहेको बताएका छन् ।

त्यस्तै जर्मनी, ब्रिटेन र युरोपियन युनियनले पनि भारतलाई महामारीविरुद्ध लड्न अक्सिजन, स्वास्थ्य सामाग्रीको सहयोग गर्ने घोषणा गरेका छन् । ब्रिटेनले भारतलाई ६ सयभन्दा बढी भेन्टिलेटर र अक्सिजन कन्टेनर पठाउने तयारी गरेको बताइएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial