२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

बेलायती राजनीतिमा इतिहास रच्दै नेपाली मूलका विष्णु बहादुर गुरूङ पहिलो पटक मेयर निर्वाचित

बेलायती राजनीतिमा इतिहास रच्दै नेपाली मूलका विष्णु बहादुर गुरूङ पहिलो पटक मेयर निर्वाचित

५ मे, लन्डन (यूके) । बेलायती राजनीतिमा नेपाली मूलका विष्णु बहादुर गुरूङ इतिहास रच्दै पहिलो पटक मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचनअन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिलका पराजित गरेका थिए । गुरूङ सन् २०१४ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका थिए । एक सालपछि उनले उपमेयरका रूपमा काम गरेका थिए ।

बस चालकका रुपमा समेत काम गरेका गुरूङ होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष हुन् । उनी च्यारिटी संस्था साफा, देवाचन बुद्धिस्ट सेन्टर लगायतका सामाजिक संस्थाहरूमा पनि आबद्ध रहिसकेका छन् । उनी सन् २०२१÷२२ का लागि मेयरका रूपमा निर्वाचित भएका हुन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial