२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

बेलहिया नाका हुँदै फर्केका ४ नेपालीमा कोरोना पुष्टि, बर्दियामा एक हप्ता घरबाहिर निस्कन नपाइने

coronavirus children

काठमाडौं । भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै फर्केका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार विहान गरिएको ऐन्टीजेन परीक्षणमा चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

गुल्मीका ३, तनहुँका एक र रुपन्देही सैनामैनाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

यसअघि पनि सोही नाकाबाट फर्किएका चार जनामा कोरोना पुष्टि भइसकेको छ। हालसम्म बेलहिया नाका हुँदै नेपाल फर्के ८ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

बेलहिया नाकाबाट दैनिक रुपमा स्वदेश फर्कनेहरूको भीड लागेको छ।

भारतमा कोरोना महामारीका रुपमा फैलन थालेपछि सीमामा निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

बर्दियामा निषेधाज्ञा लागू

बर्दियाका अधिकांश स्थानमा आज (सोमबार) मध्यरातिबाट निषेधाज्ञा लागू हुँदैछ।

बर्दिया जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार गुलरिया नगरपालिका, बाँसगढी, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिकालगायत क्षेत्रमा आज राति १२ बजेदेखि वैशाख १९ गते राति १२ बजेम्मका लागि निषेधाज्ञा लागू हुने भएको हो।

निषेधाज्ञा लागू हुने क्षेत्रमा औषधि, खाद्यवस्तु खरिद तथा विकास निर्माणजस्ता अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन निर्देशन दिइएको छ।

साथै भारत आवतजावत गर्ने सबै नाका पूर्ण रूपमा नियन्त्रण गर्ने निर्णय पनि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताएका छन्।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial