२२ बैशाख २०७८, बुधबार   |  May 5, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय अब संसदीय अंकगणितको खेल के हुुन्छ ?

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत बजेट अधिवेशन लगायतका काम गर्न लागेको भन्दै काँग्रेसले असन्तुुसष्टि पोखेको छ ।

अब भने आगामी वैशाख २७ गते बोलाइएको संसद अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेछन् तर काँग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेर आ–आफ्नो कित्ता क्लियर गरिसकेको छ ।


र अन्ततः संसदको अंकगणित नै निर्णायक बन्ने देखिन्छ । संसदमा अहिले नेकपा एमालेको १२१ सांसद छन् । नेपाली काँग्रेससँग ६३, नेकपा माओवादी केन्द्रका ५३ र जनता समाजवादी पार्टीका ३५ सांसद छन् । तर सबै पार्टीभि पनि मत फरक–फरक रहदै आएको छ ।


पछिल्लो समय ओली सरकारले जसपाका मुद्धाहरु फिर्ता लिने लगायतका पहल भएपछि जसपा अध्यक्ष महन्थ ठाकुुरको पक्षले ओली सरकारलाई सहयोग गर्न सक्छ तर जसपाभित्रै बाबुराम भट्टराई पक्ष भने ओलीको पक्षमा छैनन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial