२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । जसमा चार जना बाँकेका रहेका छन् भने दुई जना रुपन्देहीका रहेका छन् ।

बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६१ र ७५ वर्षीय महिला तथा ८६ र ३५ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरू चारैजना नेपालगञ्जकै भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

उनीहरूको मृत्युसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिक-(१३ का ३६ वर्षीय संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोभिड संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । यस्तै रुपन्देहीको मंगलापुर घर भएका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बुटवलको मेडिटेक अस्पतालबाट रिफरगरि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

केहि समय यता नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या बढि रेहको छ भने संक्रमितको संख्या पनि बढि रहेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial