२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

नेकपा एमालेको बैठक आज बस्दै, खनाल- नेपाल पक्षमाथि थप कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

आज बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी भएको नेता विशाल भट्टराईले जानकारी दिए ।

सांगठनिक प्रतिबेदनअनुसार नेताहरूको कार्यविभाजनको समेत तयारी भएको छ । ओलीले आफू अनुकुलका नेताहरूलाई जिल्लामा इञ्चार्ज तोक्नेसमेत तयारी गरेको जनाइएको छ ।

केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

बैठकमा प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरणको जवाफबारे पनि अध्ययन हुने भट्टराईले जानकारी दिए ।‘उनीहरुको जवाफ अध्ययन गरेर के कस्तो कदम चाल्ने भन्नेबारे बैठकमा छलफल हुनेछ, सम्भवत आजै कारबाहीको निर्णय नहुन सक्छ, भट्टराईले भने ।

बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो ।प्रष्टिकरणपछि विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार वार्ता भए पनि विवाद मिलेको छैन ।

ओलीले बिहीबार राति नै नेता बामदेव गौतमलाई पनि भेटेका थिए ।यता बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ । आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial