२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो


काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या झन्डै ३५ लाख नजिक पुुगेको छ । पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । सर्वसाधरणको शेयर प्रति आकर्षण बढेसंगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ३५ लाख ९ हजार ८८२ पुगेको हो । गत साउन मसान्तसम्म डिम्याट खाताको संख्या १८ लाख ५ हजार ६०७ रहेको थियो । साउन महिना यता करिब १७ लाख हितग्राही खाता खोलिएको छ ।

गत वर्षको लकडाउनको समयदेखि सेयर बजारले नयाँ उचाई कायम गर्दा पूँजीबजारमा चासो राख्नेको संख्या बढ्दै गएको छ। फलस्वरुपः डिम्याट खाता खोल्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । सोही कारण अहिले आइपिओमा माग भन्दा निकै बढी आवेदन पर्ने गरेको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial