२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी

चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी

काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । ती सिलिन्डरलाई चाँडो काठ्माडौं ल्याउने तयारी सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
परराष्ट्र,, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेको छ ।

हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

यसै साता दक्षिण एसियाली मुलुकका पाँच विदेश मन्त्रीसँगको छलफलमा चीनले क्षेत्रीय सहकार्यसहितका विषयमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितीमा चीनले नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउने जनाइसकेको छ ।

चीनले दिने भनेको ती सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो समय नेपालमा पनि अक्सिजन सिलिन्डरको माग बढेपछि सरकारले सिलिन्डर होल्ड नगर्न जानकारी दिएको छ । ।

कोभिड संकट व्यवस्थापन केन्द्रका सचिव खगराज बरालका अनुसार सीसीएमसीको शुक्रबारको बैठकमा पनि चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २,००० सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको थियो ।

ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने भएकाले सरकारले स्थलमार्गबाटै ल्याउने तयारी थालेको हो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial