२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

घटेन संक्रमण, उपत्यकामा निषेधाज्ञा लम्ब्याइँदै, अझ कडा बनाउने तयारी

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक साता लम्ब्याइने भएको छ । वैशाख १६ मा जारी निषेधाज्ञाको समय बुधबार सकिँदैछ ।

त्यसको पूर्वसन्ध्यामा आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी छलफलमा बस्दैछन् । ‘निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा कुनै दुविधा रहेन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसाथ कसरी जाने विषय छलफलबाट निर्णय लिन्छौं ।’

प्रजिअ पराजुलीले निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको बताए । निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने उनको भनाई छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो ।

४५ जिल्लामा निषेधाज्ञा

सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजबारसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

आजदेखि थप ७ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू सुरु भएको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial