२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

गण्डकी प्रदेशसभा सर्वदलीय बैठक निष्कर्ष बिहीन

गण्डकी प्रदेशसभा सर्वदलीय बैठक निष्कर्ष बिहीन

पोखरा । मंगलबार बसेको गण्डकी प्रदेशसभाको बैठक निर्णय विना नैस्थगित भएको छ ।

वैशाख १५ गते सदन अनिश्चितकालका लागि स्थगन भएपछि आज पनि अर्को बैठक कहिले बस्ने भनेर अनिश्चित बनेको हो । सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक निर्णय बिहीन बनेपछि सर्वदलीय बैठकलाई जिम्मा दिइएको थियो ।

मंगलबार करिब २ घण्टाको सर्वदलीय बैठकले पनि निर्णय गर्न नसकेपछि पुन: बिहीबार कार्य परामर्श समितिको बैठक बस्ने तय भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । सत्तारुढ दल उक्त प्रस्तावलाई केही समय पर धेकेल्न चाहन्छ भने विपक्षी दलहरू चाँडै टुंगो लगाउनुपर्ने पक्षमा छन् ।

बैठकमा मुख्यमन्त्रीले कोरोना संक्रणमणका कारण लकडाउन पनि भएकाले वैशाखपछि मात्रै सदन शुरू हुने भनाइ राखेका छन् । जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले भने,त्यतिञ्जेलसम्म हामी प्रदेशसभालाई बन्धक बनाएर राख्न चाहँदैनौं । सकेसम्म यही हप्ताभित्र टुंग्याउनुपर्ने भनाइ राख्यौं ।’

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले अब सदन कहिले शुरू हुन्छ भन्नेबारे बिहीबारको बैठकले मात्रै निर्णय दिन सक्ने बताए ।

सभामा पेस भएको मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान गर्ने कार्यसूची थियो । तर, जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि सदन स्थगन गरेका हुन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial