२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

कोरोना संक्रमण एक हप्तामा १३६ प्रतिशतले वृद्धि, बन्द हुँदै कोरोना बीमा

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण दर बढेको छ । यसैगरी कर्णालीमा २१६ प्रतिशत, सुदूरपश्चिममा १८४ प्रतिशत, वाग्मतीमा १८३ प्रतिशत र गण्डकीमा १०९ प्रतिशतले कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा १७४ र प्रदेश २ मा १११ प्रतिशतले कोरोना बढेको देखिएको छ ।

एक महीनाअघि नेपालमा संक्रमण सयभन्दा कम रहेकोमा आइतवारको तथ्यांक हेर्दा दैनिक संक्रमण दर नै ७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार मात्र ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९४ नयाँ संक्रमित फेला परेका छन् । आइतवार थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगिसकेको छ ।
अघिल्लो वर्ष सरकारले निजी अस्पताललाई पनि केही प्रतिशत शैंया अनिवार्य रूपमा कोभिडका लागि छुट्ट्याउन निर्देशन दिएकोमा यस वर्ष निजी अस्पताललाई कोभिड उपचारका लागि अनिवार्य गरेको छैन । निजी अस्पताललाई अस्पताल बेड अनिवार्य नगरेका कारण निजीका शैंया खाली रहे पनि सरकारीमा चाप बढेको छ ।

चिकित्सकहरूले अहिले अन्य रोगका बिरामीको संख्या पनि घटेकाले निजीका शैंया समेत कोभिड उपचारका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन् । ‘निजी अस्पताललाई समेत समेटेर तथा अस्थायी संरचना बनाएर कोभिडका बिरामीको उपचार गर्न सकिन्छ,’ महामारी विशेषज्ञ चिकित्सक डा। शेरबहादुर पुनले भने । यस्तै कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८–७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ ९कोरोना० बीमालेखको कारोबार बन्द गर्ने भएको हो ।

बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि त्यस्तो बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए ।

‘चालू आवसम्म मात्र सञ्चालन गर्नेगरी कोरोना बीमाको कारोबार शुरू गरेका हौं । सोहीअनुसार असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द गर्नेछौं,’ उनले भने, ‘असार मसान्तपछि पनि यसलाई निरन्तरता दिन सकिन्थ्यो । तर, यस विषयमा कुनै निर्णय गरिएको छैन ।’

सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा कोरोना बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उनको भनाइ छ । ‘पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । यस अवस्थामा सरकारले सहयोग गर्ने नीति ल्याएमा कोरोना बीमालाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘किनकी कोरोनासम्बन्धी मुख्य दायित्व सरकारको नै हो ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial