२२ बैशाख २०७८, बुधबार   |  May 5, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको संघले जनाएको हो ।

संघको स्वास्थ्य समितिको गत शनिवार साँझसम्मको तथ्यांकअनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिए ।

यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका केही नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।

संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस (कोभिड१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो । उनी अहिले होम आईसोलेसनमा रहेको संघले जनाएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial