२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

पर्सा ।

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।

पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहनुभएका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।

कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उहाँका छोरा इन्दुभूषणले जानकारी दिनुभयो । चार दशकदेखि सक्रिय राजनीतिमा रहनुभएका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित हुनुभएको गाउँबासी बताउँछन् । —

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial