२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

काग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बस्नेगरी आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन् ।

बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ ।

आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ । नेकपा एमालेले बादललाई नै उम्मेदवार बनाउने भएपछि काँग्रेसले बादलसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलसँग छलफल गरेर उम्मेदवार तय गर्ने छ ।

वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखरहरुले मतदाता रहेको उपचुनावमा काँग्रेस उम्मेदवार निर्वाचन हुन एमालेका माधव नेपाल पक्षको भूमिका निर्णायक छ ।एमाले पार्टीभित्रको चरम अन्तरविरोधका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिई क्रस भोटिङ गर्न सक्ने चर्चा छ ।

यस्तै पार्टीका शीर्षस्थ नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ । कांग्रेसले खासगरी राष्ट्रिय सभाको रिक्त पद आफ्नो पार्टीबाट पूर्ति होस् भन्ने मनसुबाका साथ अन्य दलसँग उठ्बस् बढाएको छ ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थान अहिले रिक्त छ । जहाँ, आउँदो जेठ ६ गते निर्वाचन हुने भनी निर्वाचन आयोगले मिति तय गरेको छ । बादल एमालेबाट सोही पदका लागि बादल नै उम्मेदवार बन्ने मोटामोटी सहमति एमालेभित्र जुटेको छ ।

१० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा बादललाई नै उम्मेदवार बनाउने भनी पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रण गरेका थिए । यसपछि बादलसँगको प्रतिस्पर्धाका लागि कांग्रेसले अन्य दलसँग छलफल गरिरहेको हो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial