२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

आईसीयुमा उपचाररत भनिएका प्रदेश सांसद शाही हृिलचियरमा देखिएपछि‍‍…..

काठमाडौं । चरक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत भनिएका राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही ह्विलचियरमा देखिएका छन । उनलाई ह्विलचियरमा राखेर वार्डबाट बाहिर निकालेको भिडियो प्राप्त भएको छ ।

भिडियो र फोटोमा कोभिड संक्रमित भई उपचाररत भनिएका सांसद शाहीको अनुहार प्रष्टै देखिन्छ ।तर, उनका स्वकीय सचिव ढालेन्द्र हमाल ९मिलन० ले चाहिँ सांसद शाही आईसीयूमा नै उपचाररत रहेको दाबी गरेका छन् । भिडियो र फोटोमा देखिएको अनुहार सांसद शाहीको नरहेको उनको दाबी छ ।

सांसदज्यूलाई अर्को वार्डमा सारिएको हो भन्ने प्रश्नमा हमालले भने, “माननीयज्यूलाई अर्को वार्डमा पनि सारिएको छैन । उहाँ आईसीयूमा नै हुनुहुन्छ ।” सामाजिक सञ्जालमा आएको भिडियो आफूले पनि हेरेको र त्यहाँ देखिएको अनुहार सांसद शाहीको नरहेको साथै त्यो हल्लामात्रै रहेको उनले ठोकुवा गरे ।

“होइन, त्यो हल्ला मात्रै हो । म सामाजिक दुरी कायम राखेर माननीयसँग भेटेको छु । त्यो भिडियोमा देखिएको माननीय नै होइन, हल्ला हो ।” हमालले भने ।तर, उनी आफैले भिडियो लिक भएको भने स्वीकार गरेका छन् ।

“कुन भाइले लिक गरिदिएछ । कहाँ माननीय हुनु रु अनुहार हेर्नु न त्यहाँ । फोटो, भिडियो दुवैमा देखिनुभएको माननीय होइन, ढुक्क हुनुहोस ।” उनले भने ।उनले यतिमात्र भनेनन्, प्रश्नकर्तालाई नै भिडियो खिचाएको भन्ने आरोप समेत लगाए ।

“तपाइले खिचाएको भए त अर्कै कुरा भयो । माननीयज्यू आईसीयूमा नै हुनुहुन्छ । उपचार भइरहेको छ ।” उनको दाबी छ ।सांसद शाहीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको पनि उनले जानकारी दिए ।

“१० मिनेट अगाडि म भेट भएको थिएँ । केही सुधार भएको छ । कोभिडको कारणले गर्दा नजिक जान म आफै डराइरहेको छु । अब उहाँको अनुहार हो भने मेरो भन्नु केही छैन, आधिकारिक कुरा चाहिँ उहाँ आईसीयूमा नै हुनुहुन्छ,” उनले भने । यता अस्पतालका निर्देशक कपिल पोखरेलले चाहिँ, “सिटी स्क्यान गर्न लगिएको” हुनसक्ने बताए ।

“कोभिड लागेको मान्छे भएतापनि कोरोना वार्डमा काम गर्ने मान्छेले फेस सिल्ड, मास्क लगाएको हुन्छ । चरकमा कोभिडका बिरामीलाई लाष्टमा बोलाउँछौँ । नर्मल सिटी स्क्यान गर्ने मान्छे सकिएपछि कोभिड लागेका मान्छेलाई सिटी गर्छौँ, र फेब्रिकेसन गर्छौँ ।” उनले भने ।

सांसद शाहीकै कारण अस्पताल र आफूलाई जोडेर अनर्गल प्रचार गरिएको भन्दै उनले सांसद शाहीलाई डिस्चार्ज गर्नका लागि कोअर्डिनेसन गरिदिन आग्रह समेत गरे ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial