२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

आइतबार बाँकेमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

हेटौडामा कोरोनाबाट संक्रमणबाट थप एक महिलाको मृत्यु

बाँके । बाकेमा आज एकैदिन कोरोना संक्रमाण बाट ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका २ की ६९ वर्षीया महिलाको आइतबार होम आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।उनको वैशाख १५ गते मेडिकल कलेजमा पीसीआर गरिएको थियो। त्यही दिनदेखि उनलाई होम आइसोलेसनमा राखिएको थियो।

त्यस्तै, बाँके बैजनाथ गाउँपालिका–७ की ५८ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा वैशाख १५ गते भर्ना भएकी महिलाको १६ गते पीसीआर गरिएको थियो। उनको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिलाको भेरी अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरेकी उनलाई वैशाख १८ गते भर्ना गरिएको थियो।

यसैगरी सल्यान जिल्ला बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको भेरीमा आइतबार मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेका उनलाई १४ गते भर्ना गरिएको थियो।

यससँगै बाँकेमा कोरोनाबाट १ सय २६ जनाको मृत्यु भएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial