• 56
    Shares

कविता: सावधान !

  • 56
    Shares
  • रामनाथ अधिकारी

भुकम्पले भनेथ्यो नि तिम्रो केही छैन ,

मर्दा साथ केही पनि लान पाइदैन ।

कोरोनाले भन्दैछ नि रूनेवाला छैन ,

आफन्त नै मरे पनि भट्न पाईदैन ।

आधिदैविक प्रकोप रोक्ने साधन छैन ,

जानकारी सुचना क्यै दिई आउदैन ।

धनी गरीब भेदभाव गर्न जान्या छैन ,

यस्तो वेला जो कोहीलाई हुदैन क्यै चैन ।

प्रकृतिलाई सबै प्राणी छन् नी बराबर ,

आउने जाने क्रम चल्छ नित्य निरन्तर ।

न त कोप न माया नै सबै समान छन् ,

उन्को काख विशाल छ सबै रमाउँछन् ।

प्रकृतिमा उच्चकोटी प्राणी मनुष्य हो ,

प्रकृतिको विरोधी भै कार्य गर्ने यै हो ।

त्यसैले अनेक दुस्ख भोग्नु पर्छ यस्ले ,

प्रकृतिलाई बुझ्ने बुद्धि फिर्ला यस्को कैले रु

आदिभौतिक विषयको अनुरागी हुदा ,

मानिसले भुल्यो सबै उ जन्मको कुरा ।

राग द्वेष घमण्डले सत्य मार्ग भुल्यो ,

आधुनिक विज्ञानको आविष्कार चुक्यो ।

विवेक बुद्धि पुञ्यई सुधार गर्नु पर्छ ,

आध्यात्मिक चिन्तन गर्न अब लाग्नु पर्छ ।

यै मार्गको अवलम्बन गर्न ढीला गरे ,

भयंकर महामारी भोग्नु पर्छ है भरे ।

(लेखक अधिकारीले केन्द्रिय सदस्य,पातन्जल योग समिती नेपाल हुन् )

  •  
    56
    Shares
  • 56
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
    56
    Shares
  • 56
  •