जब एउटा बाल्टिनका लागि दुई देशबीच युद्ध भयो…

काठमाडौं, चैत्र ९

विश्वको इतिहासमा एकसेएक हिंस्रक युद्धहरू भएका छन् । जसमा लाखौं मानिसहरूको ज्यान गएको छ । यीमध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो । तर आजभन्दा करिब ६ सय ९५ वर्षअघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारकतत्व केवल एउटा बाल्टिन थियो । बाल्टिनका कारण भएको उक्त युद्धमा २ हजारभन्दा धेरै मानिस मारिएका थिए ।

यो घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्रायः युद्ध भइरहन्थ्यो । किनकि, बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन प्राप्त थियो ।

बोलोग्नाका जनताको विश्वास थियो कि पोप नै इसाई धर्मका सच्चा गुरु हुन् । जबकि मोडेनाका मानिसहरू रोमन सम्राटलाई नै सच्चा गुरु मान्दथे ।

सन् १२९६ मा बोलोग्ना र मोडेनाबीच पहिलो युद्ध भएको थियो । त्यसपछि यी दुई राज्यबीच सदैव तनावको अवस्था रह्यो । रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना राज्य निकै आक्रामक भएको थियो र बोलोग्नामाथि हमला गर्न थाल्यो । सन् १३२५ मा मोडेनाका केही सैनिक बोलोग्नाको एक किल्लामा जबरजस्ती छिरेर त्यहाँको रहेको एउटा काठको बाल्टीन चोरेर लगेपछि उत्पन्न विवादले ठूलो युद्धको रूप लियो ।

त्यो बाल्टिन बहुमूल्य हीरा जवाहरतहरूले भरिएको थियो । बहुमूल्य रत्नहरूले भरिएको बाल्टिन मोडेनाका सेनाले चोरेपछि बोलोग्नाको सेनाले चोरिएको सामान फिर्ता गर्न आग्रह गर्यो । तर मोडेनाले चोरी गरेको बाल्टिन फिर्ता गर्न अस्वीकार गर्यो । त्यसपछि बोलोग्नाले मोडेना राज्यविरुद्ध युद्धको घोषणा गर्यो ।

बोलोग्नासँग त्यस समय ३२ हजारको संख्यामा सेना थियो । जबकि, मोडेना राज्यसँग केवल ७ हजार सेना थिए । दुई राज्यबीच बिहान सबेरै सुरु भएको युद्ध मध्यरातसम्म चलेको थियो । अनौठो त के भने पाँच गुणा कम सेना भएको मोडेनाले उक्त युद्ध जित्यो । सो युद्धमा दुई हजारभन्दा धेरै सेना मारिए ।

बोलोग्ना र मोडेनाको बीचमा भएको यस लडाइँलाई वार अफ द बकेट अर्थात् वार अफ द अकेन बकेट पनि भनिन्छ । युद्धको कारक बनेको त्यो बाल्टिन अहिले पनि एउटा संग्रहालयमा राखिएको छ । एजेन्सी

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •