यी युवती जसले जागिर बिना यसरी कमाउछिन घण्टाको १२ लाख

काठमाडौं,चैत्र ७
एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ । यो तथ्य नेपालको भने होइन, अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको कहानी हो ।

उनले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

समाचार माध्यमहरुका जनाइएअनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो कामबाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् ।

सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् । लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६।६ लाख फलोअर छन् ।

उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् । एजेन्सी

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •