सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत गरिनन् ।

तर, प्रहरी नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन ।

भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली भदौ २० को रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ । यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •