विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदा भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेका हुन् ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष मन्त्री पुनले कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । ऊर्जा मन्त्रीका प्रेस सल्लाहकार ​दयानीधि भट्टले वरिष्ठताका आधारमा कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको जानकारी दिए । प्राधिकरणमा कोइराला अर्थ निर्देशनालयका प्रमुख छन् ।

यसअघि कुलमानले आफू अनुपस्थित हुँदा कोइरालालाई नै निमित्तको जिम्मेवारी दिने गरेका थिए । यसअघिको उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनाउने चर्चा थियो । उनी वरियतामा पनि सबैभन्दा वरिष्ठ थिए । निमित्त कार्यकारी निर्देशक बनेका कोइराला १२औं तहका उपकार्यकारी निर्देशक पदमा छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •