काँग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गर्ने कार्यक्रमै प्रदेशसभा सदस्य थापामाथि आक्रमण !

दैलेख । दैलेख क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ । आफ्नो निर्वाचत क्षेत्रअन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । वडा नं ३ मा नेकपाको पार्टी कार्यालय स्थापनासँगै ४२ घरका करीब दुई सय जना नेपाली काँग्रेसका कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

“आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मलाई पनि त्यहाँ उपस्थितिका लागि खबर भयो, नेकपाका पालिकास्तरका नेता तथा कार्यकर्ता, गाउँपालिका उपप्रमुखलगायतको उपस्थिति थियो, बिहानको कार्यक्रम स्थानीयवासीको निधन भएकाले केही बेर ढिला गरी सञ्चालन भयो, मैले पार्टी कार्यालय उद्घाटनको बोर्ड राख्दै थिएँ, छ जनाको समूहले एकाएक आक्रमण शुरु ग¥र्यो, अत्यधिकरुपमा मदिरा सेवन गरेको समूहले गाउँपालिकाका उपाध्यक्ष, नेकपाका पार्टी सचिवलगायतका नेतामाथि धमाधम आक्रमण ग¥र्यो, सबैलाई हुत्याउँदै मलाईसमेत आक्रमणको प्रयास गरिएको थियो, जनताले बचाउन सफल भए, त्यहाँ रक्तपात गर्ने योजना बनाएर दुल्लूका नेपाली काँग्रेसका नेताले योजनाबद्ध आक्रमण गर्ने प्रयास भएको रहेछ”, उनले भने ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •