सिन्धुपाल्चोक पहिरोमा परी ११ जनाको मृत्यु, २० अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाहबिसेमा शनिबार राति गएको पहिरोमा पुरिएका थप दुईजनाको शव भेटिएको छ । योसँगै सो पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भिरखर्कका १० र नागपुजे गाउँका ८ घर पुरिएका छन् ।

पहिरोमा परी मृत्यु हुनेमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, र २५ वर्षीय कर्णबहादुर श्रेष्ठ छन् । त्यस्तै, ६५ वर्षीय धनलाल विक, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक र पाँच वर्षीया सरस्वती विकको पनि ज्यान गएको छ । हराएकाको खोजीमा सुरक्षाकर्मी र स्थानीयवासी लागिरहेको प्रहरीले जानकारी दिएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •