काठमाडौं उपत्यकाका ४३१ सहित थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी गराएका हु्न् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको छ । योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •