चितुवाको छालासहित समातिएका छुटे

बझाङ । चितुवाको छाला र हड्डीसहित आइतबार प्रहरीले नियन्त्रमा लिइएका बुंगल नगरपालिकाका दुई जनालाई वन कार्यालयले जमानतमा छाडेको छ । तीन दिन प्रहरी हिरासतमा राखिएका दुवैलाई छाला र हड्डीको परीक्षण रिपोर्ट काठमाडौँदेखि नआउन्जेलसम्म वन कार्यालयले जमानतमा छाडेको हो ।

बुंगल–६ का वडाध्यक्ष धनबहादुर सिंहको रोहवरमा रिपोर्ट आएपछि हाजिर हुने गरेर छाडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताए । उनले भने, “मुद्धा चलाउनका लागि सरकारी वकिलको राय मागेर बरामद गरेको छाला र हड्डी हेर्दा चितुवा तथा बाघकै जस्तो छ तर त्यो कस्तो छाला र हड्डी हो, काठमाण्डौ प्रयोगशालामा पठाउनुपर्ने र त्यहाँको रिपोर्टपछि मुद्धा चलाउनुपर्ने भएकाले त्यतिन्जेलसम्म अभियुक्तलाई पछि उपस्थित हुने गरी घर पठाइको हो ।”

आइतबार राति २ः४१ बजे बुङगल–३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका सोही गापा ६ का २७ वर्षीय हरजित बोहरा र सोही ठाउँका २३ वर्षीय विरेन्द्र बोहरा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका थिए । उनीहरुको साथबाट दुई थान चितुवाको छाला र नौ किलो हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •