बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता, काजकिरिया भयो, आउने आस बाँकी

काठमाडौँ । बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन् ।

पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन् । यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन् ।

२०६८ सालयता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए। २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांकसहितको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशन भएको छ ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ । ८९ जना अझै बेपत्ता छन् । बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन्। २२ जनाको शव भेटिएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •