भारतमा एकैदिन ९५ हजार संक्रमित थपिए

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र ९५ हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार १६८ जना संक्रमितले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७५ हजार ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख २१ हजार ५५ रहेको छ। हालसम्म ३४ लाख ६६ हजार ८१९ जना उपचारपछि निको भएको तथ्यांक छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४३२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० लाख नौ हजार ३३३ रहेको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •