आइसोलेसनमा बस्नुपर्ने प्रहरी ड्युटीमा किन खटाइयो ?

काठमाडौँ । महानगरीय प्रहरी परिसर जावलाखेलले आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा खटाएको पाइएको छ। रथ तान्ने क्रममा झडप हुँदा पिसिआर दिएका प्रहरीलाई पनि परिसरले खटाएको थियो। उनीहरूले झडप हुनअगाडि नै स्वाब दिइसकेका थिए। झडपको भोलिपल्ट वृत्तका १९ प्रहरीलाई कोरोना पोजेटिभ देखिएको हो।

शंस्कापद लागेर कोरोना परीक्षण गराएका उनीहरूले भौतिक दुरी कायमसमेत गर्न नसकेकाले अन्य प्रहरी र स्थानीयमा पनि कोरोना फैलिन सक्ने डर देखिएको छ। ललितपुरका जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले सबै प्रहरी र नजिक रहेकाको कन्ट्याक्ट टे«सिङ भइरहेको बताए। उनले भने, ‘सामान्यतया स्वाब दिएपछि नतिजा अनाएसम्म ‘आइसोलेटेट’ भएर बस्नुपर्ने हो तर पछिल्लो समय पिसिआर दिएर ओहोरदोहोर गर्ने गरेको पाइएको छ, कसैले पनि यसो नगरौं।’

परिसर जावलाखेलका प्रमुख एसएसपी राईले आवश्यताका आधारमा खटाइएको बताए। उनले सुरक्षाकर्मी जस्तोसुकै अवस्थामा पनि अलर्ट रहनुपर्ने भएकाले खटाइएको जानकारी दिए भनेर आजको नागरिक दैनिकले लेखेको छ । ‘संक्रमण भएकालाई हामीले सुरक्षित राखेका छौं, नमुना स्वाब दिएकालाई पनि खटाइएको थियो, कतिपय ठाउँमा देखिँदैन भन्ने प्रहरीलाई पनि पोजेटिभ देखिएको छ,’ उनले भने, ‘सकेसम्म सावधानी अपनाएका छौं, यस्तो समयमा सर्वसाधारणले पनि प्रहरी र आफूलाई कोरोनाबाट बचाउन आवश्यक छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •