नेकपाको स्थायी कमिटी बैठक २६ भदौँमा बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २६ भदौमा बस्ने भएको छ । गएको १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक २६ भदौमा बोलाइएको हो । 

सोमबार बिहान महासचिव बिष्णुप्रसाद पौडेल सहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीको विवाद सहमतिका लागि सुझाव पेश गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास नेकपामा भएको छ । कार्यदलले ६ भदौंमा नै प्रतिवेदन बुझाएको छ ।  नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका थापाका अनुसार, कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नै स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए ।

कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठक समेत बसिसकेको छ । १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटीमा छलफल हुनुअघि कार्यदलमा ठोस् सहमति जुटाउने प्रयास समेत हुने भएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •