पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

काठमाडौँ । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरसको संक्रमण भएको छ । केसीका छोरा मदनकुमार केसीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उपचारका लागि स्टार अस्पताल लगिएका केसीको स्वाब संकलन गरी टेकु पठाइएको थियो । केसी अहिले होम आइसोलेसनमा रहेका छन् ।

म्याराथन धावक जितबहादुुरले १९७३ मा फिलिपिन्समा भएको एशियाली ट्रयाक एन्ड फिल्ड इन्भेन्टस्मा स्वर्ण जितेका थिए । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको यो पहिलो पदक हो । उनले १९७२ मा म्युनिख ओलम्पिकमा समेत सहभागिता जनाएका थिए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •