डिजाइनर बन्ने सपना बोकेकी सज्जा, स्टेज सिंगर हुँदै पहिलो महिला आइडल

काठमाडौँ । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडलले’ आफ्नो सिजन(३ को विजेता घोषणा गरेको छ । शुक्रबार काठमाडौं स्टुडियोबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले दर्शकको भोट र निर्णायकको मुल्यांकनको आधारमा विजेता घोषणा गरेका हुन ।

र विजेता बनेकी छन् सज्जा चोलागाईं। सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ जितेकी छिन् । मोरङ पथरी घर भएकी चौलागाईं नेपाल आइडलमा प्रवेश गरेसँगै उत्कृष्ट प्रस्तुती दिदै आएकी थिइन् । नेपाल आइडलमा छनोट भएसँगै उनको ‘रक पप’ र ‘भर्सटायल’ गायकीको चर्चा हुने गथ्र्यो । सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । स्कुल, कलेज, स्टेज सिंगर हुँदै उनी नेपाल आइडलको उपाधी विजेतासम्म बनेकी छन् ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरेकी थिइन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् । स्कुल सकिएपछि काठमाडौँ छिरेकी उनले म्युजिकमा कुनै औपचारिक शिक्षा लिएकी छैनन् ।

काठमाडौं आएपछि उनी ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। उक्त ब्यान्डमा उनले शास्त्रीय संगीत, हिन्दी र अंग्रेजी कभर गीत गाउँने गर्छिन । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो । उनका आमाबुवाले गाउन सधैं सहयोग गरे । ब्याचलर्स पढ्दै गरेकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यस प्रतियोगितामा सहभागी भइन । सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो ।

स्कुल, कलेज, स्टेज सिंगर हुँदै उनी नेपाल आइडलको उपाधी विजेतासम्म बनेकी छन् । नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने आफूलाई लाग्ने भएरै आफू सहभागी भएको उनले बताउँने गर्थिन । उत्कृष्ट ३ मा छनोट भएकी उनै सज्जा आज नेपालको पहिलो महिला नेपाल आइडल तथा सिजन ३ को विजेता घोषित भएकी छन् ।

नेपाल आइडलको पहिलो सिजनको आइडल बुद्ध लामा हुन भने, सिजन–२ को उपाधी रवी वडले जितेका थिए । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल अहिले धेरैको सपना हो । सिजन ३ मा सज्जाले नेपाल आइडलको उपाधि कब्जा गर्दा किरणकुमार भुजेल सेकेन्ड रनर अप र प्रवीण वेडवाल फर्स्ट रनर अप भए । प्रवीणले पुरस्कारस्वरुप नगद १० लाख जितेका छन् । त्यस्तै किरणले नगद ५ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •