सञ्चारकर्मी सुवेदीविरुद्ध नायिका पूजा शर्माले दिइन उजुरी !

काठमाडौँ । नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध कलाकार संघमा उजूरी दिएकी छन् । बिहीबार ए पी वान टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रजतपटको सुरुमा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले नायिकाहरुलाई होच्याएर ‘दारा निस्किएको अनुहार’ भनेपछि विवाद चुलिएको थियो ।

सुवेदीले यसअघि प्राइम टाइम टेलिभिजनमा नायिका पूजा शर्मासँग लिइएको अन्तवार्ता विवादमा आएको थियो, नायिका शर्मा उक्त अन्तवार्तापछि ट्रोलको शिकार भएकी थिइन् ।

सुवेदीको कार्यक्रम प्रशासण भइसकेपछि नायिका शर्माले लामो स्टाटस राख्दै आफूलाई अन्तर्वार्ता दिन बोलाइएको तर आफ्नो मानसिक अवस्था ठीक नभएको कारणले दिन नमानेको बताएकी थिइन् । त्यही दुश्मनी साध्नलाई सुवेदीले त्यस्तो व्यवहार गरेको बताएकी थिइन् ।

नायिका शर्माले कलाकार संघमा उजुरी दिएकी छिन् । यस्तै उनले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनका साथै प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि उजुरी दिने बताएकी छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •