सुशान्त सिंहको खाताबाट ५० करोड निकालिएको खुलासा

बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्या प्रकरणमा सिंहकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गर्ने बिहार प्रहरी मुम्बई गएको छ ।

बितेका चार वर्षमा सुशान्त सिंहको बैंक एकाउन्टमा ५० करोड रूपैयाँ जम्मा भएको थियो र आश्चर्यजनकरुपमा ती सबै रकम खाताबाट निकालिएको छ ।

एक वर्षमा खातामा १७ करोड जम्मा भएकोमस १५ करोड निकालिएको छ बिहार प्रहरीका प्रमुख पाण्डेले भने, के यो अनुसन्धानका लागि महत्वपूर्ण बुँदा होइन ? हामी चुप लाग्नेवाला छैनौं । हामी उनीहरूलाई (मुम्बई प्रहरी) किन यस्ता महत्वपूर्ण कुरालाई दबाउने काम भयो भनेर प्रश्न गर्नेछौं ।

साता सुशान्तका पिताले आफ्ना छोराको खाताबाट १५ करोड रूपैयाँ सुशान्तसँग सरोकार नभएका खातामा पठाइएको भन्दै बिहार प्रहरीमा उजुरी गरेपछि रिया र उनका परिवारका सदस्य बिहार प्रहरीको प्रमुख शंकाको पात्र बनेका छन् ।

उजुरीपछि बिहार प्रहरी घटनामा प्रत्यक्ष संलग्न भएको भन्दै सुशान्तकी प्रेमिका रियालाई अनुसन्धानका लागि पक्राउ गर्न र घटनाका बारेमा मुम्बई प्रहरीले जम्मा गरेको प्रमाणका दस्तावेज लिन मुम्बई पुगेको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •