एनआरएनए जापानको क्षेत्रिय भेला विवादित

कविकिरण न्यौपाने (नागोया)
एनआरएनए जापानले आयोजना गरेको क्षेत्रिय भेला विवादित बनेको छ । जापानमा कोरोना भाईसर फैलने क्रम बढिरहेको अवस्थामा नागोया शहरमा उक्त भेला आयोजना गरिएपछि उक्त भेला विवादित बनेको हो। कार्यक्रम हुन आगाडीनै एनआरएनएको ग्रुप मेलमा विधार्थीहरुको संस्था नेसाजका पूर्व अध्यक्ष एवं एनआरएनए जापानका पूर्व सचिव सरोज कँडेल, सञ्चारकर्मी एवं व्यवशायी भवानी पंत, एनआरएनए जापानका पूर्व प्रवक्ता सन्देश पोखरेल लगाएतले तत्कालका लागि भेला रोक्न आग्रह गरेका थिए ।

एनआरएनए नागोयाका संयोजक श्याम शितलका अनुसार आफुहरुले उक्त कायॅक्रमको व्यवस्थापन मात्र गरेको भनाई छ। कोरोनाको यस्तो महामारीमा यस्ता प्रकारका भेलाले भाइसर सर्ने जोखिम अत्याधिक हुने हुदाँ यस्ता कायक्रमहरु गर्न नहुने धेरैको मत पाईन्छ । र पनि सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।
भेलाको सयोजन एनआरएनए जापानका क्षेत्रिय उपाध्यक्ष दिपक केसीले गरेका थिए। कार्यक्रम एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षता सम्पन भएको थियो । कार्यकममा प्रमुख अतिथिका रुपमा एनआरएनए आइसिसि कोषाध्यक्ष महेश श्रेष्ठ तथा विशिष्ट अतिथिमा एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ एवं उप- संयोजक पारशमणि पोखरेलको उपस्थिति रहेको थियो।

जापानमा हाल ९ वटा क्षेत्रिय समिति तथा यौट्टा तर्दश समिति रहेको छ। भेलामा कोरोना महामारीका कारण सहभागिता भने न्यून रहेको थियो।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •