• 12
    Shares

अङ्गभङ्ग मुद्दाका फरार अभियुक्त कोइराला बने खेलकुद परिषदको उपाध्यक्ष

  • 12
    Shares

काठमाडौं । उच्च अदालत पाटनले थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलाशले सवारी अङ्गभङ्ग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो ।

०७६ फागुन १ गते उच्च अदालतले यस्तो आदेश दिएको थियो । सरकारले सोमबार उनै कोइरालालाई राष्ट्रिय खेलकुद परिषद्मा उपाध्यक्ष नियुक्त गरेको छ । जिल्ला अदालत काठमाडौंले सवारी अंगभंग सम्बन्धी मुद्दामा कोइराला र मानबहादुर तामाङलाई पुर्पक्षमा १–१ लाख धरौटी लिएर छाडेको थियो ।

सोविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले ०७६ फागुन १ गते जिल्ला अदालतको आदेश बदर गर्दै यस्तो आदेश गरेको थियो । जिल्ला अदालतले धरौटी लिएर छाडेका कोइराला र तामाङलाई थुनामा राख्न आदेश गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कोइराला र मानबहादुर तामाङविरुद्ध पक्राउ पुर्जी नै जारी नगरेको स्रोतले बतायो ।

कोइराला र तामाङको स्वामित्वमा रहेको कम्पनीको कन्टेनरले काठमाडौंमा एक महिलालाई ठक्कर दिएको थियो । तर, सो कन्टेनर कसले चलाएको थियो भन्ने एकीन हुन सकेको छैन । तर, विशाल तामाङले कन्टेनर चलाएको अनुमानका आधारमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो ।

कोइराला र तामाङ गोसाईंकुण्ड विजनेश फार्मका सञ्चालक हुन् । ०७६ साउनमा काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्क अगाडि सोही कम्पनीको नाममा रहेको कन्टेनरले एक महिलालाई ठक्कर दियो । कन्टेनरको ठक्करबाट महिला घाइते भएकी थिइन् ।

उनलाई क्षतिपूर्ति दिए पनि कन्टेनरको चालक को हो भन्ने पत्ता नलाग्दा यो मुद्दा बल्झिएको छ । सुरुमा विशाल तामाङलाई पक्राउ गरिए पनि उनले आफुलाई गाडी चलाउन नआउने बयान गरेका थिए । उनीसँग लाइसेन्स पनि नभएको उच्च अदालत पाटनको आदेशमा उल्लेख छ ।

तामाङ्ले नै कन्टेनर चलाएको खुल्न नआएकाले उनलाई ५० हजार धरौटीमा छाडिएको छ भनेर बाह्रखरीले लेखेको छ । मुद्दामा प्रतिवादी बनाइएका कोइराला र मानबहादुर तामाङसमेतको स्वामित्वको कम्पनीका नाममा कन्टेनर रहेको भन्दै उच्च अदालतले उनीहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । यसबारेमा कोइरालासँग कुराकानीको प्रयास पटकपटक गरिएको भए पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

  •  
    12
    Shares
  • 12
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
    12
    Shares
  • 12
  •