आइसीसी टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा स्टिभ स्मिथ

काठमाडौँ । आईसीसीको टेस्ट ब्याट्सम्यानको वरीयतामा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा पनि स्मिथ शीर्ष स्थानमा यथावत रहेका हुन् ।

ब्याटिङतर्फ भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली दोस्रो स्थानमा यथावत रहेका छन् । यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो, इंग्ल्याण्डका बेन स्टोक्स चौथो र न्युजिल्याण्डका केन विलियम्सन पाँचौ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत छन् भने न्युजिल्यान्डका निल वाग्नेर दोस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्डका स्टुवार्ट ब्रोड तेस्रो स्थानमा उक्लिएका छन् । यस्तै न्युजिल्यान्डका टिम साउथी चौथो र वेष्ट इन्डिजका जासन होल्डर पाँचौँ स्थानमा झरेका छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •