• 15
    Shares

विदेशमा रहेका नेपाली ल्याउन तयार भयो त्रिभुवन विमानस्थल (तस्वीर कथासहित)

  • 15
    Shares

काठमाडौं, जेठ १८
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने तयारी सरकारले गरिरहेको छ । त्यसका लागि त्रिभुमवन अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक दूरी कायम गराउनेगरी सबै तयारी भइरहेको छ।

कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई देशमा ल्याउने प्रक्रिया शुरु भएको छ । ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समिति’को १६ जेठमा बसेको बैठकले विदेशमा दुःख पाएका नेपालीलाई ल्याउने तयारी गरेको हो। १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम यस्तो कार्ययोजना बनाइएको थियो।

परराष्ट्र मन्त्रालयले नेपाल फर्कनैपर्ने अवस्थामा विदेशमा रहेका नेपालीको सूचना संकलन तथा उनीहरूको पहिचान गरेपछि सोही तथ्यांकका आधारमा पर्यटन मन्त्रालयले हवाई उडानको प्रबन्ध मिलाउने छ। नेपाल ल्याइएपछि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले स्वास्थ्य परीक्षण गराएर यातायात मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकासम्म पुर्‍याउने तयारी गरिएको छ।

हवाइमार्ग मार्फत् उनीहरुलाई ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले समेत आवश्यक तयारी थालेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गराउन आवश्यक तयारी थालेको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री विमानस्थलमा आइपुगेका नेपाली नागरिकलाई विमानस्थल बाहिरसम्म पुर्‍याउने जिम्मेवारी आफूहरुको भएको बताउँछन् । उनका अनुसार विमानस्थलमा विमान ओर्लिएपछि धावनमार्गबाट बसमा राखेर टमिैनलसम्म ल्याइनेछ । बसमा भौतिक दूरी कायम गर्नेगरी सीटको व्यवस्थापन गरिएको क्षत्रीले बताए। टर्मिनलमा पुगेपछि थर्मल गनमार्फत् हरेकको तापक्रम जाँच गर्ने, स्यानिटाइजर र मास्कको प्रयोग गर्न लगाउने उनले बताए।

“एअरपोर्टमा पुगेपछि एकदमै कडाईका साथ भौतिक दूरी कायम गराउने, स्वास्थ्य परीक्षण गर्ने लगायतका काम गरिन्छ। त्यसको सम्पूर्ण व्यवस्थापन प्राधिकरणले गर्नेछ” प्रवक्ता क्षेत्रीले भने।

विमानस्थलभित्र गरिएको मार्किङअनुसार नै हिड्ने, बस्ने ठाउँमा पनि सामाजिक दूरी कायम गरेर बस्नुपर्ने, भित्ताहरुमा छुन नहुने जस्ता सामान्य नियम बनाईएको छ। यसबारे एउटा निर्देशिका बनिरहेको प्रवक्ता क्षेत्रीले बताए।

???????????????????
  •  
    15
    Shares
  • 15
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
    15
    Shares
  • 15
  •