सहुलियतपूर्ण ऋण लगानीले रोजगारी र उत्पादन वृद्धिमा सघाउँछ, मुख्यमन्त्री पौडेल

सहुलियतपूर्ण ऋण लगानीले रोजगारी र उत्पादन वृद्धिमा सघाउँछ, मुख्यमन्त्री पौडेल

हेटौंडा । रोजगारी र उत्पादनको क्षेत्रलाई बलियो बनाउनका लागि बागमती प्रदेश सरकारले बैंकसँग सम्झौता थालेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा सरकारले बैंकसँग सहुलियत पूर्ण ऋण प्रवाह गर्दै रोजगारी र उत्पादनलाई बलियो बनाउने अभियान थालेको हो ।

सरकारले नेपाल राष्ट्र बैंक, कृषि बिकास बैंक, साना किसान लघुवित्त बैकसँग पहिलो चरणमा सम्झौता गरीएको सरकारकय प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको ३ अर्ब रुपैयाँको कोषलाई बैंकमार्फत अधिकत्तम ३ प्रतिशतको सहुलियतपूर्ण व्यजदरमा वितरण गदै रोजगारी र उत्पादनको क्षेत्रलाई बलियो बनाउने गरी सम्झौता गरिएको बताइएको छ ।

सम्झौतामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताए । उनले अभियान सही ढंगबाट कार्यान्वयन भएमा रोजगार र उत्पादन वृद्धिमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले विगतमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य निकायहरुबाट उत्पादन तथा रोजगार वृद्धिका लागि भनेर गरिएको लागनी खेर गएको बताउँदै सहुलियतपूर्ण ऋणको कार्यक्रमले अनावश्यक लगानीलाई रोक्ने र वास्तविक उद्यमीहरुले मात्र रकम लिने बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारको तीनखम्बे अर्थनीतिको सफल कार्यान्वयन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई पूरागर्न वित्तीय संस्थाहरुसँगको सम्झौता अघि सारिएको बताए ।

कार्यक्रममा नेपाल बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा। शिवप्रसाद कोइराला लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
  •  
  •