नेयमार चम्किँदा पीएसजीले युनाइटेडलाई उसैको मैदानमा हरायो

नेयमार चम्किँदा पीएसजीले युनाइटेडलाई उसैको मैदानमा हरायो

काठमाडौं, मंसिर १८

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३१ ले हरायो ।

नेमारले दुई गोल गरेपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडलाई उसैको मैदानमा सहजै हरायो ।
नेमारले खेलको छैटौं मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए । ६९औं मिनेटमा मार्कुविन्होसले गोल गर्दै पीएसजीलाई फेरि अग्रता दिलाए । ७०औं मिनेटमा फ्रेड रातो कार्ड पाउ मैदान बाहिरिएपछि युनाइटेडलाई अर्को झड्का लाग्यो । इन्जुरी टाइममा नेमारले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यसै समूहको अर्को अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिगले टर्किस क्लब इस्तानबुला बाकाससेयरलाई ४-३ ले हरायो । बासाकसेयरका इर्फान काहभेचीले ह्याट्रिक गरे पनि त्यो हार टार्न पर्याप्त भएन । लाइपजिगका लागि युसुफ पाउलेन, नोर्दी मुकेली, डानिएल ओल्मो र एलेक्जान्डर सोरेलोथले एक-एक गोल गरे । सोलेरेथले इन्जरी टाइममा गोल गर्दै लाइपजिगलाई जित दिलाए । दुई खेलको नतिजापछि युनाइटेड, पीएसजी र लाइपिजगको समान ९ अंक छ । गोलअन्तरमा युनाइटेड शीर्ष स्थानमा छ । तर अहिलेसम्म कुनै टिमले समूह चरण पार गरिसकेका छैनन् । समूहको अन्तिम दुई खेलपछि नै अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्ने भएको छ ।

अन्तिम खेलमा युनाइटेडले लाइपजिग र पीएसजीले बासाकसेयरसँग खेल्नेछ । ५ खेलमा १ जित मात्र हात पारो बासाकसेयर भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । अब तीन टिम अन्तिम १६ मा पुग्ने होडमा छन् । अन्तिम खेलमा युनाइटेड र पीएसजीले जित हात पारेमा युनाइटेड र पीएसजी अन्तिम १६ मा पुग्नेछन् । युनाइटेड लाइपजिगसँग पराजित भए पनि पीएसजी बासाकसेयरसँग पराजित भएमा भने युनाइटेड अन्तिम १६ मा पुग्नेछ । यस्तै दुवै खेल बराबरी भएमा पनि युनाइटेड अन्तिम १६ मा पुग्नेछ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
  •  
  •