• 4
    Shares

शनिवारको सचिवालय बैठकमा के प्रधानमन्त्री ओली सहभागी होलान् ?

शनिवारको सचिवालय बैठकमा के प्रधानमन्त्री ओली सहभागी होलान् ?

  • 4
    Shares

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको बुधवारको सचिवालयको बैठकमा अनुपस्थित प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनपछि डाकिएको अर्को बैठकमा उपस्थित हुने या नहुने परिस्थितिमा निर्भर रहने उनका एक सल्लाहकार सूर्य थापाले बताएका छन् । आफ्नो व्यस्तताका कारण ओलीले बुधवारको सचिवालय बैठकमा उपस्थित हुन नसक्ने जानकारी मंगलबार नै गराएको तर सल्लाह नगरेरै बैठकको मिति तोकिएकाले प्रधानमन्त्री अनुपस्थित भएको प्रेस सल्लाहकार थापाले बताए ।

प्रधानमन्त्री सहभागी नभएपछि बालुवाटारमा भेला भएका कार्यकारी अध्यक्ष प्रचण्ड सहित नेकपाका सचिवालय सदस्यहरूले अर्को बैठक शनिवार अपरान्ह १ बजे गर्ने र त्यसमा सहभागी हुन प्रधानमन्त्रीलाई अनुरोध गर्न निर्णय गरेका थिए । नेकपाका प्रवक्ताले आगामी बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने अपेक्षा आफूहरूले गरेको बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा तीन दिनपछिको बैठकमा ओली सहभागी हुने या नहुने आगामी तीन दिनको घटनाक्रममा भर पर्ने बताएका छन् । उनले भने, “अर्को बैठकको समय सुनाएर उहाँहरू हिँड्नु भएको छ । २० गते १ बजेसम्म पर्खौ न के हुन्छ, एकता र सहमति भयो भने बैठक बसिहाल्छ ।

मनमा एउटा कुरा राखेर अर्कै अभिनय गर्दै पार्टी नै मेरो हो जस्तो गर्न थालेपछि के बैठक बस्ला रु” उनी भन्छन्, “कार्यकारी अध्यक्षले एक नम्बर अध्यक्षसँग छलफल गर्नुभएको भन्ने मेरो जानकारीमा छैन् । बिहिवार बस्ने भनेको स्थायी कमिटीको बैठक उहाँहरूले २१ गते गर्ने भनेर निर्णय सुनाउनु भएको छ । सचिवालय बैठक नै बस्छ–बस्दैन र बसेर के निर्णय गर्छ रु र, के विषयहरू स्थायी कमिटीमा जान्छन् रु

नेकपाका दुई अध्यक्षले एक अर्कालाई विधि प्रक्रिया अनुसार पार्टी सञ्चालन नगरेकोदेखि भ्रष्टाचार जोडिएका कतिपय गतिविधिमा संलग्न रहेको जस्ता गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड सहितका बहुमत सदस्यले सचिवालय बैठकको निम्ति प्रधानमन्त्री ओलीलाई पत्र दिएपछि दस्तावेज आदान९प्रदानको शृङ्खला सुरु भएको थियो ।

बुधवार पूर्वनिर्धारित समयभन्दा एक घण्टा पछाडि सारेर अपरान्ह २ बजे भएको बैठकका लागि सबै सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटारमा पुगेपनि ओली नगएपछि बैठक तीन दिनपछि फेरि बस्ने भएको हो । प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको कार्यव्यस्तता के थियो भनेर स्पष्ट खुलाएनन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सचिवालयको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुभएन्। त्यसकारण बैठकले पार्टीमा देखा परेको सङ्कट र विद्यमान समस्याहरूको समाधानका लागि प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।”

उनले २० गतेको बैठकमा प्रधानमन्त्री ‘अनिवार्य उपस्थित हुने अपेक्षा’ बैठकले राखेको र त्यसका लागि अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । नेकपा बैठकमा प्रचण्डद्वारा चारवटा दस्तावेज पेस, राजनीतिक प्रतिवेदनमा ओलीप्रति ‘प्रचुर असन्तुष्टि’ ओलीको जबाफको प्रतीक्षा, विभाजनको मुखु बाट उम्किएला कि झन् सङ्कटमा पर्ला नेकपा सचिवालय बैठकमा आफूलाई थाहै नदिइ गम्भीर प्रकृतिका फौजदारी आरोप सहित प्रचण्डले राजनीतिक दस्तावेज ल्याएको भन्दै ओली पक्षले त्यो फिर्ता लिइनुपर्ने अडान लिएको छ । प्रधानमन्त्री ओली ती दस्तावेज फिर्ता लिएर प्रचण्डले माफी माग्नु पर्छ भन्ने चाहन्छन् ।

प्रचण्डलाई साथ दिएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल ओलीले पार्टी निर्णयलाई पटक९पटक उपेक्षा गरेको र स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरिरहेको भन्दै त्यसबारे पार्टीले एउटा छिनोफानो गर्नुपर्ने पक्षमा रहेको देखिन्छन् । उक्त पक्ष सचिवालयमा प्रस्तुत सबै पत्र तथा दस्तावेज छलफलको निम्ति स्थायी कमिटीमा लैजान चाहन्छ ।

मङ्गलवारको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्ड सहितका नेता गम्भीर प्रकृतिकै आरोप प्रत्यारोपमा उत्रिएका विवरणमाझ बुधवार सचिवालयको बैठक पुनः बस्ने जानकारी दिइएको थियो । आगामी सचिवालय बैठकमा प्रधानमन्त्री सहभागी भएनन् भने के हुन्छ भन्ने अझै प्रष्ट छैन । तर कतिपय नेताहरूले ओली सहभागी नभए पनि बाँकी नेताहरूले निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था आउनसक्ने पनि सङ्केत गर्न थालेका छन्। जुन कुरा स्वीकार्य नहुने चेतावनी प्रधानमन्त्रीले दिने गरेका छन् ।

  •  
    4
    Shares
  • 4
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    4
    Shares
  • 4
  •