• 7
    Shares

गुजरातमा मास्क नलगाउनेले कोरोना संक्रमितको सेवा गर्नुपर्ने अदालतको फैसला

गुजरातमा मास्क नलगाउनेले कोरोना संक्रमितको सेवा गर्नुपर्ने अदालतको फैसला

  • 7
    Shares

एजेन्सी । भारतको गुजरात राज्यको उच्च अदालतले मास्क नलागाउनेलाई १५ दिन कोरोना सेन्टरमा काम गर्नु पर्ने आदेश दिएको छ । उच्च अदालतले मास्क लगाउनु पर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमितहरु राख्ने आइसोलेसन केन्द्रहरुमा सेवा गर्नुपर्ने सजायको व्यवस्था गरेको हो ।

मुख्य न्यायाधीश विक्रम नाथ र न्यायाधीश जेबी पर्दीवालाको इजलासले मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई सामुदायिक सेवाको सजाय तोकेको हो । उनीहरुले गैर चिकित्सकीय सेवा (सरसफाई) लगायत गर्नुपर्नेछ । यस्तो सजाय पाँचदेखि १५ दिनसम्म र दैनिक ४–६ घण्टा गर्नुपर्ने जनाइएको छ ।

अदालतले एक जनहित याचिकाको सुनुवाई गर्दै दिएको हो । जसमा मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमित हेरचाह केन्द्रमा सामुदायिक सेवा अनिवार्य गर्न माग गरिएको थियो । भारतको गुजरातमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार २५७ पुगेको छ । त्यहाँ हालसम्म ४ हजार ४ जनाको मृत्यु भइसकेको छ ।

  •  
    7
    Shares
  • 7
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    7
    Shares
  • 7
  •