• 8
    Shares

च्याम्पियन्स लिगमा रियल मड्रिड २.० ले पराजित

च्याम्पियन्स लिगमा रियल मड्रिड २.० ले पराजित

  • 8
    Shares

काठमाडौं, मंसिर १७

स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युक्रेनी क्लबसँग २.० ले पराजित भएको छ । समूह बी मा रियल दोस्रो पटक साख्तरसँग पराजित भएको हो । यसअघि घरेलु मैदानमै रियल साख्तरसँग ३.२ ले पराजित भएको थियो ।

साख्तरले घरेलु मेदानमा रियलमाथि २.० को शानदार जित हासिल गर्दै समूह बी बाट नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । हारपछि रियललाई भने कठिन भएको छ । घरेलु मैदानमा साख्तरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । डेन्टिन्होले ५७ औं र मानोर सोलोमनले ८२औं मिनेटमा गोल गरेका थिए ।

जितपछि साख्तर ५ खेलबाट ७ अंक जोड्दै समह्यू बी को शीर्ष स्थानमा उक्लेको छ । समान अंङ्क भएपनि हेड टु हेडमा रियल पछि रहँदै तेस्रो स्थानमा छ ।

यसै समूहको अर्का खेलमा इन्टसँग ३.२ ले पराजित भएपछि जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकले अन्तिम १६ मा पुग्न कुर्नुपर्ने भएको छ ।

इन्टरलाई हराएको भए मोन्चेनग्लाडबाक एक खेलअघि नै अन्तिम १६ मा पुग्ने थियो । हारपछि पनि ५ खेलबाट ८ अंकसहित मोन्चेनग्लाडबाक शीर्ष स्थानमा छ । पहिलो जितपछि ५ अंक जोडेको यन्टर चौथो स्थानमा छ ।

यस समूहबाट अन्तिम १६ मा पुग्ने होड अझै खुल्ला छ । अन्तिम खेलमा मोन्चेन्गलाडबाकले रियल मड्रिड तथा साख्तरले इन्टरसँग खेल्नेछ ।

दुवै खेलमा जित हात पार्ने टोली सिधै अन्तिम १६ मा पुग्नेछ । अरु नतिजा आएमा भने समीकरण फेरबदल हुन सक्नेछ ।

  •  
    8
    Shares
  • 8
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    8
    Shares
  • 8
  •