• 6
    Shares

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छः वरिष्ठ नेता पौडेल

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छः वरिष्ठ नेता पौडेल

  • 6
    Shares

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । उहाँले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उद्घाटन गर्नुभएको हो ।

उक्त पुलले व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ लाई जोड्छ । विसं २०७१ असार २९ गते सम्झौता भई विसं २०७७ वैशाख ३० गते उक्त पुलको निर्माण सम्पन्न भएको छ । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको लम्बाइ १०५ मिटर रहेको छ । सो अवसरमा वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताउनुभयो ।

“गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ”, उहाँले भन्नुभयो, “गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पु¥याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।” गाउँमै बिजुली, विद्यालय, सडक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम शुरु भएको नेता पौडेलको भनाइ थियो ।

“अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ”, उहाँले भन्नुभयो । विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गिसकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।

संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, सरिता गुरुङलगायतले पक्की पुल निर्माणसँगै यहाँका बासिन्दालाई कृषि उपज सामग्री बजारसम्म ल्याएर बिक्री गर्न सहज हुने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुल निर्माणले यस भेगको समृद्धिको ढोका खुलेको बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माण पश्चात दुवै पालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताउनुभयो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताउनुभयो ।

  •  
    6
    Shares
  • 6
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    6
    Shares
  • 6
  •