• 1
    Share

चलचित्र क्षेत्र खोल्न सरकारसँग ६ संस्थाको माग

चलचित्र क्षेत्र खोल्न सरकारसँग ६ संस्थाको माग

  • 1
    Share

काठमाडौँ, मङ्सिर १४

विगत ८ महिनादेखि बन्द रहेको चलचित्र क्षेत्र अझै सुचारु हुन नसकेपछि चलचित्रकर्मीले दबाबपूर्ण कार्यक्रम अगाडि सारेका छन् । केही दिन अघि चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधीले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग भेट गरी चलचित्र क्षेत्र खोल्ने माग गरेका थिए । सरकारले चलचित्रकर्मीको माग नसुनेको खण्डमा मिति तोकेर हल खोल्ने चेतावनी उनीहरुको थियो ।

यसैविच, चलचित्रसँग सम्बन्धित विभिन्न ६ संस्थाका प्रतिनिधीले पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र क्षेत्र खोल्न माग गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्धन्द्ध संद्ध तथा जनजाती चलचित्र महासंघले सरकारलाई दबाब दिने बताएका छन् ।चलचित्र क्षेत्र बन्द हुँदा यो क्षेत्रमा आश्रित हजारौं पेशाकर्मी बेरोजगार भएको भन्दै चलचित्र क्षेत्रको उत्थानका लागि दिर्घकालिन समाधान भनेको चलचित्र क्षेत्र चलायमान हुनु नै रहेको ठहर संघसंस्थाको छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रहेर चलचित्र क्षेत्र चलायमान हुनुपर्ने माग संस्थाहरुको छ । उनीहरुले यसका लागि संघसंस्थाले खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

६ संस्थाले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्र खोल्न सरकार सकारात्मक देखिएको पनि उल्लेख गरिएको छ ।

  •  
    1
    Share
  • 1
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    1
    Share
  • 1
  •