- 2Shares
एजेन्सी । जनावरहरु कति समझदार हुन्छन्, यो कुराको अनुमान पुलिस स्टेशनमा आफ्नो मालिक हराएपछि रिपोर्ट गर्न पुगेको एक कुकुरबाट थाहा पाउन सकिन्छ । यो कुरा तपाईलाई हाँसो मजाकको विषय लाग्ला तर यो कुरा सत्य हो र मालिकप्रतिको समझदारी मार्मिक छ । चीकू नामको जर्मन शेफर्ड प्रजातिको उक्त कुकुर आफ्ना मालिक हराएपछि आफै कम्प्लेन बोकेर अमेरिकाको ओडिसा पुलिस डिपार्टमेन्टमा पुगेको छ ।
अमेरिकाको टेक्सास शहरमा बस्ने उक्त कुकुर आफ्ना मालिक हराएपछि उनलाई खोज्नको लागि पुलिस स्टेशन पुगेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार कुकुरले पुलिस स्टेशनमा गएर आफ्ना दुई खुट्टाले पुलिसको डेक्समा रिपोर्ट राखेको थियो । उक्त कुकुरले एनिमल कन्ट्रोल वालालाई आफ्नो बारेमा जानकारी दिएर रिपोर्ट लेख्न लगाएको प्रहरी अनुसन्धानका क्रममा पत्ता लगाएको छ । अहिले प्रहरीले उसको मालिकलाई खोजेर कुकुरलाई जिम्मा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा खबर प्रकाशित छ ।
- 2Shares
2