महेन्द्रनगरमा म्युजियम सञ्चालन

महेन्द्रनगरमा म्युजियम सञ्चालन

महेन्द्रनगर : क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ लकडाउन र महामारीले सञ्चालन समयमा गर्न सकेनौं ।”

पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको सञ्चालक उप्रेतीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ अवस्था ठिक भए सबै सेवा नियमित गर्नेछौं ।” परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन्, भने भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन् ।

यसले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा नौ धारा सहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने बताउनुभयो । सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रष्टका लागि जग्गा दान गर्नुभएको छ । जग्गाको मूल्य रु तीन करोड पर्छ । म्युजियमको निर्माणमा रु चार करोड समेत गरी रु सात करोडको लागतमा म्युजियम बनेको हो । जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसर भित्र शालिक बनाइएको छ ।

ट्रष्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश निःशुल्क गरेको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीलाई रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रष्टले यसअघि धनगढी र काठमाण्डौंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
  •  
  •